Kathmandu Press

भाइरल ज्वरोले बाजुरामा एकको मृत्यु, कयौं विरामी

बाजुरा, वैशाख २२ : भाइरल ज्वरोले बाजुराको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँका बासिन्दा थला परेका छन्। भाइरल ज्वरोकै कारण एक जनाको मृत्य....

 भाइरल ज्वरोले बाजुरामा एकको मृत्यु, कयौं विरामी
फाइल फोटो

बाजुरा, वैशाख २२ : भाइरल ज्वरोले बाजुराको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँका बासिन्दा थला परेका छन्। भाइरल ज्वरोकै कारण एक जनाको मृत्यु भएको छ।

एक सातादेखि फैलिएको भाइरल ज्वरोले हिमाली गाउँपालिका–५ क्युडीकी ५५ वर्षीया छञ्चला बुढाको मृत्यु भएको बाजुरा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अशोक सिंहले बताए। उनका अनुसार, छञ्चलको वैशाख १८ गते मृत्यु भएको हो।

क्युडी र पाडीगाउँमा फैलिएको भाइरल ज्वरोले प्रायः सबै परिवार प्रभावित भएको सिंहले बताए। उनका अनुसार, रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखापरेका छन्।

ज्वरो प्रभावित गाउँमा रुगिन स्वास्थ्य चौकीका प्रमुख धनबहादुर फडेराको नेतृत्वको टोली पठाएको छ। टोलीले ९३ जनाको उपचार गरेको र अझै कयाैंको उपचार भइरहेको उनले बताए। भाइरल ज्वरो नियन्त्रणमा नआउँदासम्म स्वास्थ्यकर्मी गाउँमै बस्ने स्वास्थ्य कार्यालय प्रमुख सिंहले बताए।

 

प्रकाशित मिति: १०:४२ बजे, आइतबार, वैशाख २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्