बाख्राको मासु खाँदा एकै गाउँका १५ बिरामी, १२ गम्भीर
डोटी, वैशाख २२ : बाख्राको मासु खाँदा डोटीको आदर्श गाउँपालिका–१ भेलगडा गाउँका १५ जना बिरामी भएका छन्। उनीहरुमध्ये १२ जनाकाे अवस्था गम्भीर रहेकाे ....

डोटी, वैशाख २२ : बाख्राको मासु खाँदा डोटीको आदर्श गाउँपालिका–१ भेलगडा गाउँका १५ जना बिरामी भएका छन्। उनीहरुमध्ये १२ जनाकाे अवस्था गम्भीर रहेकाे अस्पतालले जनाएकाे छ।
हिजो गाउँमा बाख्रा काटिएको थियो। बाख्रोको मासु खाएका अधिकाशं विरामी परेको स्थानय तेजबहादुर डुम्रेलले बताए। उनका अनुसार, दुई वर्षीय बालकदेखि ४० वर्षसम्मका बिरामी परेका छन्।
बाख्राको मासु खाएर बिरामी परेकामध्ये १२ जनालाई डोटी सदरमुकाम दिपायलको पिपल्लास्थित शैलेश्वरी अस्पतलामा भर्ना गरिएको छ। अन्य तीन जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको दिपायल इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख कमलापती पन्तले बताए।
गम्भीर विरामी भएकालाई दिपायल ल्याइएको पन्तले बताए। उनका अनुसार, आर्दश गाउँपालिका–१ भेलगडाकी नौ वर्षीया सरस्वती खड्का, २९ वर्षीय प्रेम खड्का, ३८ वर्षीय पदम खड्का, २६ वर्षीय नारायण खड्का, १३ वर्षीया पार्वती खड्का, ११ वर्षीया कल्पना खड्का, २७ वर्षीया इस्सरादेवी खड्का र तीन वर्षीया उर्मिला खड्का दिपायलमा उपचार भइरहेको छ। उनीहरू गम्भीर रहेको जनाएको छ।
त्यस्तै, आर्दश गाउँपालिका–१ भेलगडाकै दुई वर्षीया एलिसा खड्का, आठ वर्षीय रोशन खड्का, ४० वर्षीया शान्तिदेवी खड्का, सात वर्षीय रोहन खड्काको पनि दिपालयमै उपचार भइरहेको छ।
सामान्य विरामी परेका ३२ वर्षीया मानी खड्का, १३ वर्षीय नारद खड्का र १२ वर्षीया अनिशा खड्काको गाउँकै स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। स्थानीय बासिन्दाका अनुसार, उनीहरुले बाख्राको काँचो मासु खाएका थिए।
शैलेश्वरी अस्पतालका चिकित्सक तथा निर्देशक आइजङ्ग कुँवरले मासु खाएर बिरामी परेकामध्ये केहीको अवस्था गम्भीर रहेको बताए। केहीमा सुधार भइरहेको बताउँदै उनले भने, ‘स्थानीयवासीले खाएको बाख्रामा केही न केही रोग भएको हुनुपर्छ । अहिले केहीको अवस्था सुधार भएको र साना केटाकेटीलाई भने समस्या नै छ।’
बाख्राको मासु खाँदा किन यति धेरै मान्छे विरामी भए भन्ने खुल्न सकेको छैन्।









-(86)-1764936079.jpg)


-1764760320.jpg)