Kathmandu Press

जुम्लाका दुई स्थानीय तहमा खस भाषा पढाइ हुने

जुम्ला, वैशाख २१ : जुम्लाका दुई स्थानीय तहमा खस भाषामा पठनपाठन हुने भएको छ। आठ स्थानीय तहमध्ये सिञ्जा गाउँपालिका र तातोपानी गाउँपालिकाभित्रका विद्यालयमा स्थानीय खसभाषा....

जुम्लाका दुई स्थानीय तहमा खस भाषा पढाइ हुने

जुम्ला, वैशाख २१ : जुम्लाका दुई स्थानीय तहमा खस भाषामा पठनपाठन हुने भएको छ। आठ स्थानीय तहमध्ये सिञ्जा गाउँपालिका र तातोपानी गाउँपालिकाभित्रका विद्यालयमा स्थानीय खसभाषामा पढाइ हुने भएको हो। 

लोपोन्मुख अवस्थामा रहेको खस भाषालाई संरक्षण सम्वद्र्धन गर्न स्थानीय तहले पाठ्यक्रम तयार गरेर पठनपाठनको थालनी गर्ने भएका हुन्। सिञ्जाका अध्यक्ष देवलसिंह रावलका अनुसार सङ्घीयतापछि स्थानीय तह कार्यान्वयनमा आएपछि यहाँका विद्यालयमा खस भाषामा पठनपाठन गर्ने भएको छ। उनले सिञ्जा उपत्यकाबाट उत्पत्ति भएको खस भाषा देशभरी फैलिए पनि अहिले लोपोन्मुख अवस्थामा रहेको बताए। 

Hardik ivf

स्थानीय तहमै खस भाषाको पाठ्यक्रम तयार गरेर पठनपाठन गर्ने योजना अनुसार काम भइरहेको उनले जानकारी दिए। पाठ्यपुस्तक तयार गरी छपाइको काम भइरहेको छ। तातोपानीले एकदेखि कक्षा तीनसम्मको पाठ्यपुस्तक तयार गरी छपाइ कार्य शुरु गरेको छ। पाठ्यपुस्तक छाप्ने काम भइरहेकाले जेठ पहिलो हप्ताबाट विद्यालयमा पुस्तक वितरण गरी पढाइ शुरु गर्ने कार्ययोजना रहेको तातोपानीका अध्यक्ष नवराज न्यौपानेले बताए।  

जुम्लामा रहेका ऐतिहासिक, धार्मिक र स्थानीय भाषाशैली पाठ्यपुस्तकमा समावेश गरिएको उनले बताए। “चार र पाँच कक्षाको पनि पाठ्यपुस्तक तयार हुँदैछ”, उनले भने,“अहिले यो वर्ष एकदेखि तीन कक्षासम्म पढाइ हुनेछ।” कला–संस्कृति, धार्मिक स्थल, भूगोल, इतिहास, धार्मिक सम्पदा, जडीबुटी र खेलकूद आदि विषयबारे नयाँ पुस्तालाई जानकारी गर्न स्थानीय पाठ्यक्रम समावेश गरिएको बताइएको छ। जुम्लाका २८ सामुदायिक विद्यालयमा स्थानीय खस भाषामा पठनपाठन गरिने छ। रासस
 

प्रकाशित मिति: १५:५९ बजे, शनिबार, वैशाख २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्