Kathmandu Press

विश्वव्यापी वृद्धिदर थप कटौति हुने अन्तराष्ट्रिय मुद्रा कोषको प्रक्षेपण


डाभोस, स्वीट्जरल्याण्ड, माघ १० : अमेरिका–चीन व्यापार विवाद, बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिगर्मनलगायतका गतिविधिका कारण विश्वव्....

विश्वव्यापी वृद्धिदर थप कटौति हुने अन्तराष्ट्रिय मुद्रा कोषको प्रक्षेपण


डाभोस, स्वीट्जरल्याण्ड, माघ १० : अमेरिका–चीन व्यापार विवाद, बेलायतको यूरोपेली संघ (इयू) बाट हुने बहिगर्मनलगायतका गतिविधिका कारण विश्वव्यापी आर्थिक वृद्धिदरमा थप गिरावट आउने खतरा देखिएको अन्तराष्ट्रिय मुद्रा कोषले प्रक्षेपण गरेको छ ।

मुद्रा कोषको विश्वव्यापी आर्थिक वृद्धिदर अनुमानबारे अद्यावधिक तथ्याङ्कमा भनिएको छ, “विश्वव्यापी आर्थिक वृद्धिदरमा यस पहिले आशा गरिएभन्दा थप खराब अवस्था आउनसक्ने देखिएको छ ।”

Hardik ivf

मुद्रा कोषले करिब तीन महिना पहिले (गत वर्षको अक्टोबरमा) सार्वजनिक तथ्याङ्कमा विश्वव्यापी आर्थिक वृद्धि खस्किँदो अवस्थामा रहेको बताएको थियो ।

अन्तराष्ट्रिय आर्थिक प्रक्षेपणले सन् २०१९ को विश्वको कुल ग्राहस्थ उत्पादनमा ३.७ को वृद्धि हुने जनाइएकोमा सोमबार सार्वजनिक प्रक्षेपणमा थप कटौति गरी कुल ग्राहस्थ उत्पादनमा ३.५ मात्रले वृद्धि हुनसक्ने खतरा देखिएको जनाएको छ । मुद्रा कोषले सन् २०२० मा पनि आर्थिक वृद्धिदर मात्रै ३.६ प्रतिशत हुने अनुमान गरेको छ ।

विश्वव्यापी आर्थिक वृद्धिदरमा ह्रास आउनुमा एक महिना लामो अमेरिकी राष्ट्रपति र डेमोक्रेटिक पार्टीका सांसदहरूबीचको विवादका कारण संघीय कार्यालयहरूमा सेवामा अवरूद्धता, फ्रान्समा पहेलो पहिरनधारीको लामो हडताल, अमेरिका–चीन व्यापार विवाद, बेलायतको इयूबाट हुने बहिर्गमन प्रक्रियामा अन्योलता इटाली, जर्मनी र मेक्सिकोले भोग्नुपरेका आप्रबासी समस्याहरूका कारण आर्थिक वृद्धिदरमा ह्रास आउने देखिएको मुद्रा कोषको भनाइ रहेको छ ।

तथ्याङ्क अनुसार विश्वकै दुई ठूला अर्थतन्त्र अमेरिका र चीनमा पनि आर्थिक वृद्धिदरमा कटौति हुने देखिएको छ । अमेरिकाको कुल ग्राहस्थ उत्पादनमा सन् २०१९ मा २.५ र सन् २०२० मा १.५ प्रतिशतको वृद्धि हुने बताइएको छ । त्यसैगरी चीनको आर्थिक वृद्धि दरमा ६.२ प्रतिशतको विस्तार हुने अनुमान मुद्रा कोषको छ ।

वल्र्ड इकोनोमिक आउटलुकले बेलायतमा सन् २०१९ मा आर्थिक वृद्धि १.५ प्रतिशत रहने देखाएको छ । यो तीन महिना पहिलेको तथ्याङ्कसँग दुरुस्तै रहेको छ । यद्यपि बहिर्गमन प्रक्रियामा देखिएको अन्यौल थप बढेमा यसको थप प्रभाव पर्ने र आर्थिक वृद्धिदरमा कमी आउने बताइएको छ ।

त्यसैगरी मेक्सिकोको आर्थिक वृद्धिदर गत वर्षको ०.५ रहेको र अघिल्लो वर्ष ०.४ रहेकोमा आगामी दुई वर्षमा २.१ र २.२ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । भेनेजुयलाको अवस्थामा आन्तरिक राजनीतिक विवादकै कारण थप सङ्कुचन आउने प्रक्षेपण गरिएको छ । (रासस÷एएफपी)

प्रकाशित मिति: १२:२९ बजे, मंगलबार, माघ ८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्