मकवानपुरमा ८० केजी गाँजासहित कार नियन्त्रणमा

हेटाैँडा, कात्तिक २७ : मकवानपुरमा ८० किलो गाँजासहित प्रहरीले कार नियन्त्रणमा लिएको छ।
हेटौँडा उपमहानगरपालिका-१० स्थित भुटनदेवी मन्दिर नजिकैबाट प्रहरीको टोलीले बिहीबार ८० किलो गाँजासहित कार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरी टोलीले मन्दिरको नजिकै पार्किङ गरिराखेको बा ६ च १४७६ नम्बरको कारलाई शंका लागेर खोजतलास गर्ने क्रममा कारभित्र राखिएको अवैध गाँजा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
पार्किङ गरेर कार राखिएको र कारका धनी फरार भएपछि स्थानीय जनप्रतिनिधिको रोहवरमा कारको लक तोडेर जाँच गर्दा अवैध गाँजा प्रहरीले फेला पारेर थप अनुसन्धान गरिरहेको प्रवक्ता रानाले बताए।
प्रकाशित मिति: २०:५७ बजे, बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












