चितवनमा संक्रमितको संख्या पाँच हजार नाघ्यो
भरतपुर, कात्तिक २५ : चितवनमा कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभर कोरोना संक्रमितको संख्या ५ हजार ८५...
भरतपुर, कात्तिक २५ : चितवनमा कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार नाघेको छ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभर कोरोना संक्रमितको संख्या ५ हजार ८५ पुगेको हो। संक्रमितमध्ये ३ हजार ५१९ भरतपुर महानगरपालिकाका रहेका छन्।
रत्ननगर नगरपालिकाका ६३४, खैरहनी नगरपालिकाका ३९४, राप्ती नगरपालिकाका २८७, कालिका नगरपालिकाका १५१, माडी नगरपालिकाका १०३ र इच्छाकामना गाउँपालिकाका ३१ जनामा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ।
चितवनमा संक्रमितमध्ये ३ हजार ४८६ ले कोरोना जितेका छन्। त्यस्तै, १ हजार ५२२ सक्रिय संक्रमित रहेकामा १ हजार ३१५ होम आइसोलेसनमा छन्। संक्रमितमध्ये २ हजार ४८ महिला र ३ हजार ३७ पुरुष रहेका कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिए।
कोरोना संक्रमणबाट चितवनमा ७७ जनाको मृत्यु भइसकेको छ। रासस
प्रकाशित मिति: ०१:२८ बजे, बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












