रसुवामा घट्दैे कोरोना संक्रमण

रसुवा, कात्तिक २५ : पछिल्लो चरणमा रसुवामा कोभिड–१९ को संक्रमण घट्दै गएको छ।
हालसम्म संक्रमित कुल ११४ मध्ये ९२ जना निको भई घर फर्किसकेका छन्। रोगबाट सुरक्षित रहन समयसमयमा स्वास्थ्यकर्मीले दिएको सुझावअनुसार स्थानीय नागरिकले अपनाएको पूर्वसावधानीबाट दशैंँपछि नयाँ बिरामीको संख्यामा शून्यता आएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत किरण श्रेष्ठले जानकारी दिए।
हालसम्म एक हजार ५१४ जनाको स्वाब परीक्षण गराउने काम सम्पन्न गराइसकिएको बताइएको छ। साबुनपानीले हातधुने, मुखमा मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने कामलाई निरन्तरता दिइराख्न र स्वास्थ्यमा कुनै लक्षण आउनासाथ नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसंँग तुरून्तै सम्पर्क राख्न रसुवालीसमक्ष आग्रह गरिएको अधिकृत श्रेष्ठले बताए। रासस
प्रकाशित मिति: २१:५८ बजे, मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












