Kathmandu Press

झापाबाट लागुऔषधसहित तीन पक्राउ

झापा, कात्तिक २५ : झापाका दुई भिन्न स्थानबाट लागुऔषधसहित सोमबार तीन जना पक्राउ परेका छन्। दमक नगरपालिकाबाट दुई र मेचीनगर नगरपालिकाबाट एक जना...
झापाबाट लागुऔषधसहित तीन पक्राउ

झापा, कात्तिक २५ : झापाका दुई भिन्न स्थानबाट लागुऔषधसहित सोमबार तीन जना पक्राउ परेका छन्। दमक नगरपालिकाबाट दुई र मेचीनगर नगरपालिकाबाट एक जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

सोमबार राति करिब ८ः१५ बजे दमक–८ का २८ वर्षीय अङ्कित कार्कीको घरको कोठामा लुकाइछिपाई लागुऔषध राखेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा लुपिजेसिक ८३ एप्पुल, डाइजेपाम ८३ एम्पुल र फेनरागन ८३ एम्पुल बरामद गरेको थियो।

Hardik ivf

लागुऔषध बरामद भएको कोठामा दमक–७ का २८ वर्षीय अमन लिङ्फेप लिम्बूसमेत रहेकाले उनलाई समेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रनाउ थापाले बताए।

यसैबीच मेचीनगर नगरपालिका–६ काली मन्दिर छेउबाट नियन्त्रित लागुऔषध ब्राउनसगुरसहित एक जना पक्राउ परेका छन्। सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरी टोलीले सोमबार मेचीनगर–१४ का ३० वर्षीय कुमार विकलाई तीन ग्राम लागुऔषध ब्राउसुगरसहित पक्राउ गरेको हो। पक्राउ परेका विकको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।

प्रकाशित मिति: १७:४७ बजे, मंगलबार, कात्तिक २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्