Kathmandu Press

बाँकेमा औद्योगिक ग्राम निर्माण शुरु

राँझा, कात्तिक २३ : बाँकेको खजुरा गाउँपालिका–६ मा औद्योगिक ग्रामको निर्माण प्रक्रिया शुरु भएको छ। संघीय तथा प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा ३१...
बाँकेमा औद्योगिक ग्राम निर्माण शुरु

राँझा, कात्तिक २३ : बाँकेको खजुरा गाउँपालिका–६ मा औद्योगिक ग्रामको निर्माण प्रक्रिया शुरु भएको छ। संघीय तथा प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा ३१ करोड ३० लाख २१ हजार ४७३ रुपैयाँको लागतमा औद्योगिक ग्राम निर्माण हुने खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए।

उनका अनुसार, करीब २१ बिघा क्षेत्रफलमा निर्माण हुने औद्योगिक ग्रामका लागि पहिलो चरणमा प्राप्त ९२ लाख रुपैयाँको लागतमा तारबार तथा चौकीदार भवन निर्माणकार्य भइरहेको छ। ठूला, मझौला र साना उद्योग रहने गरी निर्माण भइरहेको औद्योगिक ग्राममा विभिन्न किसिमका उद्योगहरुले आउने इच्छा व्यक्त गरेका छन्।

Hardik ivf

जिल्लामै पहिलोपटक पालिकास्तरमा निर्माण शुरु भएको औद्योगिक ग्रामको लुम्बिनी प्रदेशसभा सदस्य आइपी खरेल, लगानी बोर्डका कार्यकारी प्रमुख सुशील भट्ट, उद्योग मन्त्रालयका सचिव चन्द्र घिमिरे, सहसचिव बलराम रिजाल, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पुनलगायतको टोलीले हालै अवलोकन गरेका छन्।

अवलोकनमा पुगेको टोलीलाई अध्यक्ष कक्षपतिले हालसम्म भएको कार्यप्रगतिबारे जानकारी दिँदै तीन वर्षभित्र निर्माण सम्पन्न गरिने जानकारी दिए। लगानी बोर्ड तथा मन्त्रालयको टोलीले औद्योगिक ग्रामको काम अगाडि बढाउँदै स्थानीय सरकारले पनि उद्योग नीति बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिएको उनले बताए। औद्योगिक ग्राम निर्माणका क्रममा आउन सक्ने विभिन्न किसिमका चुनौतीको सामना गर्न अहिलेदेखि नै योजना बनाएर अघि बढेको उनको भनाइ छ।

प्रकाशित मिति: २२:५८ बजे, आइतबार, कात्तिक २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्