Kathmandu Press

कोरोना नियन्त्रण र उपचारमा टोखा नगरपालिकाको चार करोड खर्च

काठमाडौं, कात्तिक २३ : टोखा नगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि चार करोड ७५ हजार ७७३ रुपैयाँ खर्च गरेको छ। काठमाडौँको उत्तरी...
कोरोना नियन्त्रण र उपचारमा टोखा नगरपालिकाको चार करोड खर्च

काठमाडौं, कात्तिक २३ : टोखा नगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि चार करोड ७५ हजार ७७३ रुपैयाँ खर्च गरेको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि उक्त रकम खर्च गरेको हो।

नगरपालिकाका आर्थिक प्रशासन शाखाप्रमुख ज्ञानबहादुर अधिकारीले सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएपछि गरेको बन्दाबन्दीदेखि हालसम्म कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि उक्त रकम खर्च गरेको जानकारी दिए।

Hardik ivf

टोखाले विपन्न परिवारको राहतका लागि एक करोड ४१ लाख ११ हजार ३६५ रुपैयाँ, जनप्रतिनिधि र कर्मचारीको कोभिड बीमाका लागि दुई लाख ३५ हजार ६६० रुपैयाँ, कन्ट्याक ट्रेसिङका लागि ३५ हजार रुपैयाँ, स्वयम्सेवक, खाना तथा खाजा र अनुगमका लागि १७ लाख ९८ हजार ३७० रुपैयाँ, होम आइसोलेसन पोषण भत्ताका लागि २६ लाख ४० हजार ३०० रुपैयाँ खर्च गरेको छ। 

यस्तै, प्राविधिक÷सुरक्षाकर्मी सरसफाइ पारिश्रमिक पाँच लाख ४३ हजार ५०२ रुपैयाँ, सूचना सन्देश प्रसारणका लागि चार लाख २९ हजार ७८६ रुपैयाँ, आइसोलेसन सामग्रीका लागि २६ लाख ८४ हजार ७१८ रुपैयाँ, आइसोलेसन वार्डमा श्यैया खर्च नौ लाख ६६ हजार ८०५ रुपैयाँ, आइसोलेसन÷क्वारेन्टाइनमा खाना तथा खाजाका लागि १३ लाख ७८ हजार ३८२ रुपैयाँ, जोखिम प्रोत्साहन भत्ताका लागि एक करोड ८० हजार ९७९ रुपैयाँ खर्च भएको छ। 

यसैगरी, ह्यान्ड वास स्टेशन निर्माणका लागि सात लाख ३२ हजार ३२१ रुपैयाँ, माक्स, क्लोरिन, स्यानिटाइजर, पिपिई, थर्मल गन खरीदका लागि ३५ लाख ८१ हजार ८८६ रुपैयाँ, सर्जिकल सामान खरिदका लागि चार लाख ९९ हजार ९६८ रुपैयाँ, चीन सरकारबाट प्राप्त सामानको भन्सार खर्चका लागि २० लाख ६ हजार ७३१ रुपैयाँ र पीसीआर ल्याब शुल्कका लागि एक लाख ५० हजार रुपैयाँ खर्च भएको आर्थिक शाखाप्रमुख अधिकारीले बताए।

कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि टोखा नगरपालिकासँग पाँच करोड ८२ लाख ६ हजार ३५८ रुपैयाँ रकम रहेको छ जसमध्ये नगरपालिकाको कोषमा दुई करोड ५० लाख, वागमती प्रदेश सरकारबाट प्राप्त १२ लाख रुपैयाँ, टोखाका शिक्षक कर्मचारीबाट सहयोग नौ लाख ३१ हजार ८९५ रुपैयाँ, टोखाका सहकारी संस्थाबाट सहयोग एक लाख ६६ हजार २११ रुपैयाँ रहेको छ। 

यसैगरी, स्थानीय पूर्वाधार विकास कार्यक्रमबाट तीन करोड २४ लाख रुपैयाँ, विभिन्न संघसंस्थाबाट सहयोग दुई लाख ३० हजार रुपैयाँ, आधारभूत परीक्षा सञ्चालनको भत्ता र पारिश्रमिक अन्य कोषबाट हस्तान्तरण गरेको तीन लाख ८७ हजार रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ।

टोखा नगरपालिकामा हाल ४१९ सक्रिय सङ्क्रमित रहेका छन् भने दुई हजारभन्दा बढी सङ्क्रमित निको भएर घर फर्किसकेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए। टोखाले हालसम्म ६ हजार ५५ जनाको पीसीआर परीक्षण गरिसकेको छ।

प्रकाशित मिति: २१:५६ बजे, आइतबार, कात्तिक २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्