प्रधानमन्त्रीले लेखे आफ्नो क्षेत्रमा योजना पार्न आयोगलाई पत्र
काठमाडौं, वैशाख २० : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्षेत्रमा योजना पार्न राष्ट्रिय योजना आयोगलाई पत्र पठाएका छन्।
प्रधानमन्त्री तथा म....

काठमाडौं, वैशाख २० : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्षेत्रमा योजना पार्न राष्ट्रिय योजना आयोगलाई पत्र पठाएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (प्रधानमन्त्रीको निजी सचिवालय)ले पठाएको पत्रमा १० वटा योजना प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा पार्न दबाब दिइएको छ।
झापा क्षेत्रमा योजना पार्न योजना आयोगका उपाध्यक्षलाई सम्बोधन गरेर पत्र पठाइएको हो। जसमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निर्वाचन क्षेत्र झापा तथा झापा क्षेत्र नं. ५ का योजनाहरू आगामी आ.व. ०७६/०७७ मा निम्न अनुसार कार्यक्रम योजना कार्यक्रममा समावेश गरिदिन सांसद सम्पर्क कार्यालय झापा क्षेत्र नं. ५ को तर्फबाट सिफारिस गरि दिन माग भइ आएकाले आगामी आ.व.को बजेट तथा कार्यक्रममा प्राथमिकतामा राखी समावेश गरिदिनको लागि त्यहाँ पठाएको ब्यहोरा निर्देशन अनुसार अनुरोध गर्दछु।’
जसमा १० वटा योजना समावेश गरिएका छन्। जुन अधिकांश दमक नगरपालिका क्षेत्र वरिपरिका छन्।
यो पत्र ट्वीट गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लेखेका छन्, ‘तपाई देशको प्रधानमन्त्री कि दमकको मेयर?’
यो पत्र ट्वीट गर्दै प्रधानमन्त्रीको चर्को आलोचना भएको छ। अधिकांश ट्वीट प्रधानमन्त्रीले आफू प्रधानमन्त्री भएको बिर्सिएको भन्ने आशयका व्यंगात्मक छन्।
सम्माननिय @PM_Nepal …
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 3, 2019
तपाईं देशको प्रधानमन्त्री कि दमकको मेयर ? pic.twitter.com/YQi8HedZhv










