Kathmandu Press

गायिका इन्दिराले ल्याइन ‘तिमी हाँस्दा हासौँला’ (भिडियोसहित)

काठमाडौं, वैशाख २० : गायिका इन्दिरा भट्टराईले ‘तिमी हाँस्दा हासौँला’ गीत बजारमा ल्याएकी छन्।

इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टक....

गायिका इन्दिराले ल्याइन ‘तिमी हाँस्दा हासौँला’ (भिडियोसहित)
काठमाडौं प्रेस

काठमाडौं, वैशाख २० : गायिका इन्दिरा भट्टराईले ‘तिमी हाँस्दा हासौँला’ गीत बजारमा ल्याएकी छन्।

इन्दिरा म्यूजिक एन्ड इन्टरटेनमेन्टको प्रस्तुति रहेको गीत बिहीबार यूट्युबमार्फत सार्वजनिक गरिएको छ।

Hardik ivf

डेढ दशक अघि देउडा भाकाका गीतबाट नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गायिका भट्टराईले कयौँ गीत गाइसकेकी छिन्।

दीपक जोशी र करिना श्रेष्ठ।

यो गीतमा गीतमा सुवास खनालको शब्द, लालबहादुर सुब्बाको संगीत र सविन लिम्बूको संगीत संयोजन रहेको छ।

यो गीतको म्यूजिक भिडियोको निर्देशन दीपक जोशीले गरेका छन्। तिलक फिल्म्स्को पोस्ट प्रडक्सन रहेको गीतको म्यूजिक भिडियोमा दीपक जोशी र करिना श्रेष्ठ फिर्चड छन्।

गीतलाई अरुभन्दा भिन्न देखाउन अन्त्यमा सुटिङका केही सम्पादन नगरिएका फुटेजहरू पनि राखिएको छ।

प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, वैशाख २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्