६० किलो गाँजासहित भारतीय नागरिक पक्राउ
इनरुवा, वैशाख २० : सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्ने....

इनरुवा, वैशाख २० : सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सुपौल जिल्ला बनैलीपट्टी–२ घर भएका दसरश मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले बताए।
नेपालबाट भारततर्फ तस्करी गरेर गाँजा लगिरहेको सूचनाका अधारमा सशस्त्र प्रहरीको टोलीले मेहतालाई ६० किलो गाँजासहित पक्राउ गरेको फुँयालको भनाइ छ। यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:१९ बजे, शुक्रबार, वैशाख २०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार