Kathmandu Press

चितवन बारको नेतृत्वका लागि आज निर्वाचन हुँदै

चितवन, कात्तिक २१ : चितवन जिल्ला अदालत बार एसोसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन्। आज हुने अधिवेशनले...
चितवन बारको नेतृत्वका लागि आज निर्वाचन हुँदै
Hardik ivf

चितवन, कात्तिक २१ : चितवन जिल्ला अदालत बार एसोसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन्। आज हुने अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ।

नेतृत्व चयनका लागि बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुँदैछ। कार्यसमितिका लागि २७ जना र आठ जनाको केन्द्रिय पार्षदका लागि १६ जनाको उम्मेदवारी परेको छ। 

प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन (पिएलए) र नेपाल प्रजातान्त्रिक कानून व्यवसायी संघ (डिएलए) निर्वाचनका लागि समूह बनाएर नै निर्वाचनमा लागेका हुन्। अध्यक्षमा पिएलएका रामकृष्ण अधिकारी र डिएलएका डा हरिहर पोखरेल प्रतिस्पर्धामा छन्। उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ। पिएलएका रामचन्द्र देवकोटा, डिएलएका मुन्ना विक्रम खाती र स्वतन्त्रबाट बद्री गौतम छन्। पिएलए र डिएलएबाट क्रमशः सचिवमा विनोद मिश्र र श्रीराम दवाडी, कोषाध्यक्षमा बद्रीनाथ पण्डित र बलराम पौडेल, सहसचिवमा शोभा भट्टराई र पृथ्वीदेवी सुवेदी छन्। नेतृत्व चयनका लागि १९८ जनाले मतदान गर्ने बारले जनाएको छ। 

प्रकाशित मिति: १८:०९ बजे, शुक्रबार, कात्तिक २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्