Kathmandu Press

मुख्यमन्त्री राईलाई नागरिक अभिनन्दन गरिने 

विराटनगर, वैशाख १९ : नेपाल आदिवासी जनजाति महासङ्घ मोरङले प्रदेश नं १ मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोलाई &nbs....

मुख्यमन्त्री राईलाई नागरिक अभिनन्दन गरिने 

विराटनगर, वैशाख १९ : नेपाल आदिवासी जनजाति महासङ्घ मोरङले प्रदेश नं १ मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोलाई  नागरिक अभिनन्दन गर्ने निर्णय गरेको छ। 

महासङ्घ मोरङका अध्यक्ष मिलनकुमार राईले बिहीबार पत्रकार सम्मेलन गरी वैशाख २० र २१ मोरङको गछियामा हुने चौथो जिल्ला अधिवेशनको समापनको अवसरमा अभिन्नदन गर्ने जानकारी दिए। मोरङमा २९ आदिवासी जनजाति समुदायको बसोबास रहे पनि २० जातीय समुदायको १७ स्थानीय निकायमा महासङ्घको सङ्गठन रहेको छ। 

महासङ्घले आदिवासी जनजातिका राष्ट्रिय पर्व यथावत राख्नुपर्ने जनजाति आयोगका लागि सम्पन्न बनाउनुपर्ने, संविधान संशोधन गरी सबैको बनाउनुपर्ने र पहिचानको आधारमा प्रदेशको नामाङ्कन र सिमाङ्कन हुनुपर्ने र स्थायी राजधानी सबैलाई सहज पहुँच हुने मध्यभागमा राख्नुपर्ने अधिवेशनमा मुख्य मुद्दा हुने पत्रकार सम्मेलनमा जनाइयो। अधिवेशनले सहमतिको आधारमा नेतृत्व चयन गर्ने र रु ११ लाख सम्पन्न गर्न खर्च लाग्ने अनुमान गरिएको छ। 

प्रकाशित मिति: १९:१२ बजे, बिहीबार, वैशाख १९, २०७६