खलनायक–२ बन्ने पक्का, नयाँ कलाकार खोज्दै रोज
काठमाडौं, वैशाख १९ : पुराना सुपरहिट फिल्मका सिक्वेल बनाउने ट्रेण्डले अहिले नेपाली फिल्मका निर्मातालाई छोएको छ।
लगानी अनुसारको व्यापार न....

काठमाडौं, वैशाख १९ : पुराना सुपरहिट फिल्मका सिक्वेल बनाउने ट्रेण्डले अहिले नेपाली फिल्मका निर्मातालाई छोएको छ।
लगानी अनुसारको व्यापार नभएपनि नामबाटै दर्शक हलसम्म आउने विश्वासका साथ पुराना फिल्मको गीत रिमेक गर्ने र सिक्वेल फिल्म बनाउने होड पछिल्लो समय चलेको छ।
यही भिडमा १२ वर्ष अघि रिलिज भएको फिल्म ‘खलनायक’को सिक्वेल ‘खलनायक–२’ बन्ने भएको छ। खलनायकका निर्माता रोज राणाले खलनायक–२ बनाउने घोषणा गरेका हुन्। ऋषि न्यौपाने निर्देशित ‘खलनायक’ मा त्यतिबेलाका तीन सुपरस्टार राजेश हमाल, विराज भट्ट र निखिल उप्रेति मुख्य भूमिकामा थिए।
तर, हालै घोषणा गरिएको खलनायक–२ मा भने पुराना कलाकार नदोहोरिने निर्माता राणाले बताए। नयाँ कलाकारलाई लिएर फिल्म बनाउने घोषणा गरिएपनि नायक नायिकाको भने टुंगो लागिसकेको छैन। फिल्मलाई एक्सनकटमा भने निर्देशक गोविन्द सिंह भण्डारीले उतार्ने छन्।
खलनायक –२ को कथा पनि खलनायक फिल्मकोल कथा लेख्ने मौनता श्रेष्ठले नै लेखिरहेका छन्। साउनबाट छायाङ्कनमा जाने फिल्म अगामी नयाँ वर्षमा रिलिज गर्ने हुने राणाले बताए।












