Kathmandu Press

रातो हाब्रेको छालासहित चार पक्राउ

राँझा, कात्तिक १८ : जिल्ला प्रहरी कार्यालले दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित चार जनालाई आज पक्राउ गरेको छ। कोहलपुरस्थित न्यू राप्ती गेष्टहाउसबाट बिहान...
रातो हाब्रेको छालासहित चार पक्राउ
Hardik ivf

राँझा, कात्तिक १८ : जिल्ला प्रहरी कार्यालले दुर्लभ वन्यजन्तु रातो हाब्रेको छालासहित चार जनालाई आज पक्राउ गरेको छ। कोहलपुरस्थित न्यू राप्ती गेष्टहाउसबाट बिहान करीब १०ः३० बजेतिर रेडपाण्डाको छालासहित अभियुक्तलाई नियन्त्रणमा लिइएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काका अनुसार होटलमा रेडपाण्डाको छालाको मोलमोलाइ भइरहेको सूचनाका आधारमा ग्राहक बनेर सादा पोशाकमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा लालबहादुर नेपाली, गणेश नेपाली, उमेशबहादुर थापा र दिनेश कार्की छन्। 

यसअघि गत भदौ २८ गते बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली घरबासबाट रेडपाण्डाको छालासहित चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो। 

प्रकाशित मिति: २०:०४ बजे, मंगलबार, कात्तिक १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्