Kathmandu Press

गेम अफ थ्रोन्सका सात महँगा कलाकार

काठमाडौं, वैशाख १९ : टिभी सिरीज गेम अफ थ्रोन्सको आठौं सिजन सुरु भइसकेको छ। यो अन्तिम सिजनको दुइटा एपिसोड एचबीओ च्यानलबाट प्रशारण भइसकेका छन्।

....
गेम अफ थ्रोन्सका सात महँगा कलाकार
एजेन्सी

काठमाडौं, वैशाख १९ : टिभी सिरीज गेम अफ थ्रोन्सको आठौं सिजन सुरु भइसकेको छ। यो अन्तिम सिजनको दुइटा एपिसोड एचबीओ च्यानलबाट प्रशारण भइसकेका छन्।

यो हिट सिरीजका सात कलाकर भने टिभी सिरिजमध्येकै महँगा छन्। उनीहरूले सबैभन्दा बढी पारिश्रमिक पाउँछन्। एक रिपोर्टअनुसार, सात कलाकारले एक एपिसोडको सात करोड २० लाखसम्म पारिश्रमिक पाउँछन्। महँगा सात कलाकार र उनीहरूको पारिश्रमिक यस्तो छः

एमिलिया क्लार्क : डेनरस टारगेरियन

Hardik ivf

ड्रेगन्सकी आमा क्लार्क डेनरसको भूमिकामा छिन्, एमिलिया। उनले एक एपिसोडको सात करोड ९२ लाख पारिश्रमिक लिने गरेकी छन्। उनको सम्पूर्ण पारिश्रमिक  एक अर्ब ४४ करोड रहेको छ।

किट हैरिंगटन : जान स्नो (सिरीजमा नाम एगन टागेरियन)

किट हैरिंगटन एक एपिसोडको सात करोड ९२ लाख पाउने गरेकी छन्। उनको सम्पूर्ण पारिश्रमिक एक अर्ब ३३ करोड रहेको छ। किट रेगा टागेरियन र लियाना स्टार्कको छोराको भुमिकामा रहेका हैरिंगटन आयरन थ्रोनका मालिक पनि हुन्।

पिटर डिंकलेज : टिरियन लेनिस्टर

पिटरले पनि अन्य दुई कलाकरहरुले जस्तै एक एपिसोडको सात करोड ९२ लाख नै पारिश्रमिक लिने गर्छन्। तर उनको सम्पूर्ण पारिश्रमिक एक अर्ब रहेको छ। सिरिजमा पिटरको क्यारेक्टरको नाम टिरियन लेनिस्टर हो। उनी पहिले ज्योफ्रीको हेड थिए भने अहिले डेनेरियरको हेडको रुपमा कार्यरत छन्।

लिना हेडी : सर्सी लेनिस्टर

सर्सीको क्यारेक्टर निभाएबापत लिनाले सात करोड ९२ लाख पारिश्रमिक पाउँछिन्। उनको सम्पूर्ण पारिश्रमिक एक अर्ब रहेको छ। सर्सी आयरन थ्रोन आफनो बनाउने सोचमा हुन्छिन्। कुनै बेला आफनै एक भाई (जैमी)सँग प्रेमसम्बन्धमा रहेका उनीहरु अहिले भने छुट्टिएका छन्।

निकोला कोस्टर : वाल्डो (जैमी लेनिस्टर)

मुख्य पात्र जैमीको रोलमा रहेकी निकोलाको ले पनि एक एपिसोडको सात करोड ९२ लाख पाउने गरेका छन्। उनको सम्पूर्ण पारिश्रमिक एक अर्ब ११ करोड रहेको छ। जैमी, सर्सी र टीरियन दिदीभाइ हुन्।

मैसी विलियम : आर्या स्टार्क

मैसी गेम अफ थ्रोन्सका सात कलाकरमध्येकै एक हुन्। मैसी सिरिजमा आर्या स्टार्कको भूमिकामा छिन्। १३ वर्षको उमेरमा सोमा आएकी उनले सुरुमा दुई लाख ४० रुपैयाँ पारिश्रमिक पाउँथिन्। उनको दमदार अभिनयसँगै अहिले एक एपिसोडको २३ लाख ४२ हजार पारिश्रमिक पाउने गरेकी छन्। उनको सम्पूर्ण पारिश्रमिक  ६६ करोड ८४ लाख रहेको छ।

सोफी टर्नर : सान्सा स्टार्क

सान्साको भूमिकामा रहेकी सोफी टर्नर प्रियंका चोपडाकी देवरानी हुन् सोफी। उनको एक एपिसोडको पारिश्रमिक २३ लाख पाउने गरेकी छन्। उनको सम्पूर्ण पारिश्रमिक ४४ करोड ५६ लाख रहेको छ।

 

प्रकाशित मिति: १५:१९ बजे, बिहीबार, वैशाख १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्