Kathmandu Press

पाँचधारे पोखरी संरक्षणविहीन

भोजपुर, माघ १० : टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पाँचधारे पोखरी संरक्षणको अभावमा जीर्ण बनेको छ । वि.सं. १९४४ मा धनगञ्ज राईले स्थापना गरेको उक्....

पाँचधारे पोखरी संरक्षणविहीन

भोजपुर, माघ १० : टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पाँचधारे पोखरी संरक्षणको अभावमा जीर्ण बनेको छ । वि.सं. १९४४ मा धनगञ्ज राईले स्थापना गरेको उक्त पोखरी स्थानीयवासी तथा सरोकारवाला निकायले बेवास्ता गर्दा जीर्ण बनेको हो ।

यसै पोखरीको नामबाट प्रत्येक महीना दुई पटक यस ठाउँमा बजार समेत लाग्ने गर्दछ । पछिल्लो सयम पोखरीको संरक्षण नहुँदा यसको ऐतिहासिक महत्व नै हराउँदै गएको छ ।

पर्यटकीय स्थल टेम्के डाँडाको काखमा पर्ने यो पोखरीको संरक्षण तथा प्रचारप्रसार गर्न सके सयौँको सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने स्थानीयवासीको भनाइ छ । स्थानीय नवराज माङपाहाङ राईले भने, “पुर्खाले स्थापना गरेको यो पोखरी अहिले आएर जीर्ण बनेको छ, संरक्षणमा सरोकारवाला पक्षको ध्यान गएको छैन ।”

Hardik ivf

खोटाङ जिल्लाको सिमानामा पर्ने यस ठाउँबाट निकै मनोरम दृश्य देखिने भएकाले यसको विकास, विस्तार तथा प्रचारप्रसार गर्न सके अन्तिरिक एवं बाह्य पर्यटक भित्र्याउन सकिने अर्का स्थानीयवासी भीमकुमार राईले बताए । “यो ठाउँले निकै ऐतिहासिक महत्व बोकेको छ, पोखरीको संरक्षण गरी यहाँका पर्यटकीय क्षेत्रको विषयमा जानकारी दिन सके गाउँपालिकाले लाखौँ आम्दानी गर्नसक्छ,” उनले भने ।

स्थानीय तहले पनि पोखरीको संरक्षणमा अहिले चासो देखाएको छ । गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम भइरहेको गाउँपालिका अध्यक्ष ध्रुवराज राईले बताए । राईले भने,  “यो पोखरी हाम्रो ऐतिहासिक सम्पदा हो, यसको संरक्षणका लागि हामी काम गर्छौँ साथै हाम्रो क्षेत्रमा पर्ने अन्य पर्यटकीय क्षेत्रको पनि गुरुयोजना बनाएर काम गर्ने सोचमा छौँ ।”

खर्च विवरण नदिँदा बजेट रोक
साल्पासिलिछो गाउँपालिकाको दोस्रो चौमासिकको बजेट निकासा रोकिएको छ । गाउँपालिकाले पहिलो चौमासिकमा भएको खर्चको विवरण नपठाउँदा दोस्रो चौमासिकको निकासा रोकिएको कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरका प्रमुख गुरुभक्त श्रेष्ठले बताए ।

कार्यालयले साल्पासिलिछो बाहेक आठवटा स्थानीय तहलाई भने बजेट निकासा गरेको छ । अर्थ मन्त्रालय, सरकारी वित्तीय हस्तान्तरण व्यवस्थाअन्तर्गत दुईवटा नगरपालिका र छ गाउँपालिकालाई ४७ करोड ७९ लाख ६७ हजार निकासा गरिएको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले सबैभन्दा बढी षडानन्द नगरपालिकालाई रु सात करोड ५५ लाख १९ हजार सातसय ५० र सबै भन्दा कम पौवादुङ्मा गाउँपालिकालाई तीन करोड ९६ लाख ४५ हजार पाँचसय निकासा गरेको छ ।

त्यस्तै भोजपुर नगरपालिकालाई सात करोड २३ लाख ४२ हजार पाँचसय, अरुण गाउँपालिकालाई चार करोड ६६ लाख २८ हजार दुईसय ५०, टेम्केमैयुङ गाउँपालिकालाई पाँच करोड १३ लाख ३६ हजार निकासा गरेको छ । (रासस)

प्रकाशित मिति: ११:३४ बजे, मंगलबार, माघ ८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्