टिपरको ठक्करबाट बालकको मृत्यु
रूपन्देही, कात्तिक १७ : लुम्बिनी-भैरहवा सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका– ८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।लुम्बिनीबाट भैरहवातर्फ...
रूपन्देही, कात्तिक १७ : लुम्बिनी-भैरहवा सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका– ८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु१क ११७४ नंको टिपरले आज बिहान ९ः३० बजे ठक्कर दिँदा पैदलयात्री मायादेवी– ८ का आठ वर्षीय रघुवीर हरिजनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिए। ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा छन्।
प्रकाशित मिति: २२:४० बजे, सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)