Kathmandu Press

रूपन्देहीमा टिपरको ठक्करबाट बालकको मृत्यु

बुटवल, कात्तिक १७ : रूपन्देहीमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। लुम्बिनी–भैरहवा सडक खण्डअन्तर्गत मायादेवी गाउँपालिका–८, विश्वकर्मा मन्दिर नजिकै लु १ क ११७४...
रूपन्देहीमा टिपरको ठक्करबाट बालकको मृत्यु
सांकेतिक तस्वीर।
Hardik ivf

बुटवल, कात्तिक १७ : रूपन्देहीमा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। 

लुम्बिनी–भैरहवा सडक खण्डअन्तर्गत मायादेवी गाउँपालिका–८, विश्वकर्मा मन्दिर नजिकै लु १ क ११७४ नम्बरको टिपरले ठक्कर दिँदा पैदलयात्री मायादेवी–८ का आठ वर्षीय रघुवीर हरिजनको घटनास्थलमै मृत्यु भएको हो।

ठक्कर दिने टिपर र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिए। 
 

प्रकाशित मिति: २१:४३ बजे, सोमबार, कात्तिक १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्