नौ महिनामा कुमारी बैंकको नाफा एक अर्ब
काठमाडौं, वैशाख १९ : कुमारी बैंकले नौ महिनामा एक अर्ब एक करोड नाफा कमाएको छ।
चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार, बैंकले एक अर्ब एक करोड रु....

काठमाडौं, वैशाख १९ : कुमारी बैंकले नौ महिनामा एक अर्ब एक करोड नाफा कमाएको छ।
चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार, बैंकले एक अर्ब एक करोड रुपैयाँ नाफा गरेको हो। अघिल्लो वर्षको चैत मसान्तमा बैंकको नाफा ७३ करोड ६३ लाख रहेको थियो।
बैंकले दुई आर्थिक वर्षदेखि साधारणसभा गरेको छैन्। तैपनि, बोनस भने घोषणा गरेको छ। साधारणसभा नगरेको कारण बैंकको अहिले पनि चुक्ता पूँजी पुगेको छैन। बोनस जोड्दा भने चुक्ता पूँजी पुग्छ। बैंकको अहिले सात अर्ब १६ करोड चुक्ता पूँजी रहेको छ।
चैत मसान्तसम्ममा बैंकले ६९ अर्ब निक्षेप संकलन गरको छ। अघिल्लो चैतमा निक्षेप ५९ अर्ब ५४ करोड थियो। कर्जा भने चैत मसान्तसम्म बैंकले ६९ अर्ब ५९ अर्ब गरेको छ।
बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ६७ पैसा पुगेको छ। गत वर्ष १६ रुपैयाँ १४ पैसा रहेको थियो।
त्यस्तै, अघिल्लो वर्षको चैतमा ५० अर्ब ५९ करोड रुपैयाँ कर्जा दिएको थियो। अघिल्लो वर्षको चैतमा पनि बैंकको निक्षेपभन्दा बढी कर्जा रहेको थियो।
बैंकको कर्जाको बेसरेट ११.०२ प्रतिशत छ। कर्जा निक्षेप अनुपात ८० प्रतिशत कटे पनि बैंकले विवरणमा भने ७८.५९ प्रतिशत सिसिडी रहेको देखाएको छ।











-1754206481.jpg)