शंकास्पद अवस्थामा जंगलमा पुरुषको शव फेला
बनेपा, कात्तिक १६ : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ स्थित सिनागालको जंगलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।शनिबार बेलुका अपाङ्ग अस्पतालभन्दा माथिको जंगलमा...
बनेपा, कात्तिक १६ : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ स्थित सिनागालको जंगलमा एक पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
शनिबार बेलुका अपाङ्ग अस्पतालभन्दा माथिको जंगलमा फेला परेको अन्दाजी वर्ष ३०/३५ का पुरुषको शवको अझै पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताए।
शवलाई अहिले धुलिखेल अस्पतालमा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। शवको प्रकृति हेर्दा घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८:०८ बजे, आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












