ललितपुरको महालक्ष्मी नगरपालिकाबाट १८ जुवाडे पक्राउ
ललितपुर, कात्तिक १६ : ललितपुर प्रहरीले महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीबाट १८ जुवाडे पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा एक व्यक्तिको दुई तले निजी घरबाट...
ललितपुर, कात्तिक १६ : ललितपुर प्रहरीले महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीबाट १८ जुवाडे पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा एक व्यक्तिको दुई तले निजी घरबाट तास खेलिरहेको अवस्थामा शनिबार राति प्रहरीले पक्राउ गरेको हो।
उनीहरुका साथबाट ११ लाख ५५ हजार ५७५ रुपैयाँ नगदसहित जुवातास खेल्न प्रयोग गरेको १६ थान कौडा पनि बरामद गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए। पक्राउ पर्नेलाई जुवातास ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १७:३६ बजे, आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












