Kathmandu Press

लघु जलविद्युतले गाउँ झिलिमिली

रुकुम, माघ १० : भूमे गाउँपालिकास्थित लुकुम खोला (सिसाघारी) लघु जलविद्युत् आयोजनाले गाउँपालिकाका पाँच सय ९० घरलाई झिलिमिली बनाएको छ ।

कादुरी ....

लघु जलविद्युतले गाउँ झिलिमिली

रुकुम, माघ १० : भूमे गाउँपालिकास्थित लुकुम खोला (सिसाघारी) लघु जलविद्युत् आयोजनाले गाउँपालिकाका पाँच सय ९० घरलाई झिलिमिली बनाएको छ ।

कादुरी एग्रिकल्चरल एण्ड एशोसिएशन ब्रिटिस गोर्खाजले उक्त विद्युत् आयोजना निर्माण गरेको हो ।

Hardik ivf

निर्माणपछि एकसय ३५ किलो वाट विद्युत् उत्पादन क्षमताको आयोजना स्थानीयवासीलाई हस्तान्तरण गरिएको हो । आयोजनाबाट गाउँपालिकाका वडा नं. ३ र ४ तथा वडा नं. ६ को सीमा, काँडा, महत गाउँमा विद्युत् सुविधा पुगेको छ ।

यो आयोजनासहित गाउँपालिकामा अहिले ११ वटा विद्युत् आयोजना छन् । नौ वटा वडा रहेको यस गाउँपालिकामा रहेका ती आयोजनाबाट चारसय ५० दशमलव पाँच किलोवाट विद्युत् उत्पादन भइरहेको छ ।

केन्द्रीय प्रशारण नपुगेपनि लघु जलविद्युत् आयोजनामार्फत भए पनि तीन हजार पाँच सय ३८ घरधुरीमध्ये करीब ७५ प्रतिशत क्षेत्रमा विद्युतीकरण भएको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए। उनले गाउँपालिका–४ को तल्लो साकिम, वडा नं. ५ को माथिल्लो साकिम र डालिबाङ, वडा नं. ६ को खाम्दै र तमारी तथा वडा नं. ८ को पोखरापाटा र नाम्पुमा विद्युतीकरण हुन बाँकी रहेको बताए । (रासस)

प्रकाशित मिति: ११:२९ बजे, मंगलबार, माघ ८, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्