एसिया बैंकको कार्डबाट ‘खल्ती’मा पैसा राख्दा १० प्रतिशत बोनस ब्यालेन्स
काठमाडौं, वैशाख १८ : राष्ट्रिय आईसीटी दिवसका अवसरमा खल्ती र एनआईसी एसिया बैंकले संयुक्त रुपमा आफ्ना ग्राहकहरूका लागि बोनस अफरको घोषणा गरेका छन्।<....

काठमाडौं, वैशाख १८ : राष्ट्रिय आईसीटी दिवसका अवसरमा खल्ती र एनआईसी एसिया बैंकले संयुक्त रुपमा आफ्ना ग्राहकहरूका लागि बोनस अफरको घोषणा गरेका छन्।
अफरमा एनआईसी एसिया बैंकद्वारा जारी क्रेडिट तथा डेबिट कार्डहरू प्रयोग गरेर खल्ती वालेटमा फण्ड लोड गर्दा प्रयोगकर्ताले १० प्रतिशत अतिरिक्त बोनस प्राप्त गर्ने भएका छन्। यो योजना वैैशाख १९ बिहीबार एक दिनका लागि मात्र लागू हुनेछ। बैंकद्वारा जारी गरिएका कार्डहरू मार्फत आफ्नो खल्ती खाता लोड गर्दा प्रयोगकर्ताहरूले तुरुन्तै बोनस रकम पाउनेछन्।
प्रयोगकर्ताले यसरी प्राप्त गर्ने बोनस रकम अधिकतम १००० रुपैयाँ (कर सहित) मात्र हुनेछ। प्रत्येक खल्ती प्रयोगकर्ताले यो योजनामा दिनभरमा एकपटक मात्र सहभागी हुन सक्नेछन्। यसरी प्राप्त गरिएको बोनस खल्ती डिजिटल वालेटमा उपलब्ध कुनैपनि प्रकारको डिजिटल भुक्तानी सेवामा प्रयोग गर्न सकिनेछ।यसका अतिरिक्त, एनआईसी एसिया बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ सेवामा अनलाइन दर्ता सुविधा समेत खुला गरेको छ।
ग्राहकहरु जसले मोबाइल बैंकिङ्ग सेवा लिएका छैनन्, उनीहरुले अनलाइनबाटै मोबाइल बैंकिङ्गको लागि साइनअप गरी युजरनेम र पासवर्ड प्राप्त गर्न सक्नेछन्। खल्ती एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरु लिन सकिन्छ। हाल खल्ती प्रयोगकर्ताहरुको संख्या ८ लाख भन्दा बढी रहेको छ।











-1754206481.jpg)