Kathmandu Press

सुदूरपश्चिममा एक हजार ६ सय ७८ पुगे सक्रिय संक्रमित

कैलाली, कात्तिक १३ : सुदूरपश्चिम प्रदेशमा संक्रिय संक्रमितको संख्या एक हजार ६ सय ७८ पुगेको छ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा धेरै कैलालीमा आठ...
सुदूरपश्चिममा एक हजार ६ सय ७८ पुगे सक्रिय संक्रमित

कैलाली, कात्तिक १३ : सुदूरपश्चिम प्रदेशमा संक्रिय संक्रमितको संख्या एक हजार ६ सय ७८ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सबैभन्दा धेरै कैलालीमा आठ सय ७० सक्रिय संक्रमित रहेका छन्। त्यस्तै, डोटीमा एक सय ५६, कञ्चनपुरमा ७६, बझाङमा एक सय ६५, अछाममा ८३, बैतडीमा ३५, डडेल्धुरामा ८०, दार्चुलामा एक सय ८८, बाजुरामा ६ र प्रदेश बाहिरका १९ जना कोरोनाका संक्रिय संक्रमित छन्।

Hardik ivf

पछिल्लो २४ घन्टामा महाकाली अस्पतालबाट ४७ र बैतडीबाट ६ जना गरी ५३ जना डिस्चार्ज भएका छन्। सुदूरपश्चिममा अहिलेसम्म सात हजार पाँच सय ९५ जना निको भएका छन्।

त्यस्तै, अहिलेसम्म संक्रमितको संख्या नौ हजार दुई सय ९४ पुगेको छ। उनीहरुमध्ये २१ जना मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति: १६:२४ बजे, बिहीबार, कात्तिक १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्