Kathmandu Press

प्रदेश १ मा थपिए ८७० कोरोना संक्रमित

प्रदेश १ मा थपिए ८७० कोरोना संक्रमित

विराटनगर, कात्तिक ४ : प्रदेश १ मा थप ८७० जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा प्रदेश १ मा अहिलेसम्मकै धेरै एकैदिन ८७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। थपिएका नयाँ संक्रमितमा सुनसरीमा ४४९, मोरङमा ३३७ मध्ये विराटनगरमा २३२, झापामा ३८, इलाममा १०, उदयपुरमा सात, सोलुखुम्वुमा ६, संखुवासभा र तेह्रथुममा दुई–दुई, धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा एक–एक र प्रदेश बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मंगलबार थपिएका संक्रमितमध्ये ३४८ महिला र ५२२ पुरुष छन्।

Hardik ivf

प्रदेश १ मा अहिलेसम्मममा कोरोना संक्रमितको संख्या १४ हजार ८५८ पुगेको छ भने अहिलेसम्मम ६ हजार १८४ जना कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्। मंगलबारमात्रै विभिन्न स्थानबाट १४७ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टाको अवधिमा यसप्रदेशमा एक हजार ६८२ जनासहित कुल एक लाख ४८ हजार ८६४ जनाको पीसीआर परीक्षण भइसकेकको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: ०१:३७ बजे, बुधबार, कात्तिक ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्