Kathmandu Press

बैतडी र डडेल्धुराका सात जनामा कोरोना

डडेल्धुरा, कात्तक ४ : बैतडी र डडेल्धुराका थप सात जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप सात जनामा कोरोना...
बैतडी र डडेल्धुराका सात जनामा कोरोना

डडेल्धुरा, कात्तक ४ : बैतडी र डडेल्धुराका थप सात जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो। डडेल्धुराको ६ र बैतडीका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले बताए।

संक्रमण देखिएकाहरु डडेल्धुराको अमरगढी नगरपालिकाका पाँच, गन्यापधुरा गाउँपालिकाका एक र बैतडीको डिलाशैनी गाउँपालिकाका एक जना रहेका छन्।

प्रयोगशालाका अनुसार ७३ वटा नमुना परीक्षण गर्दा सात जनामा कोरोना देखिएको हो। पछिल्लो समय कोरोना संक्रमण पुष्टि हुने दर घट्दै गएको छ।

 

प्रकाशित मिति: १७:२३ बजे, मंगलबार, कात्तिक ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्