बाँकेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु
नेपालगञ्ज, कात्तिक ३ : बाँकेमा मोटरसाइकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।सोमबार दिउँसो राप्तीसोनारी–७ मा भे ६ प ७२४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा...नेपालगञ्ज, कात्तिक ३ : बाँकेमा मोटरसाइकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
सोमबार दिउँसो राप्तीसोनारी–७ मा भे ६ प ७२४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ६९ वर्षीया करुवा थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता सुभाष खड्काले जानकारी दिए।
उनका अनुसार राप्तीसोनारी–४, नयाँबस्ती बैजापुरका २६ वर्षीय निमप्रसाद थारुले चलाएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते करुवाको शिक्षण अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।
मोटरसाइकलसहित चालक थारुलाई नियन्त्रणमा र्लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २३:२८ बजे, सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)