Kathmandu Press

समयमा उपचार नपाउँदा जलेर वर्षेनी दुई हजारको मृत्यु

काठमाडौं, वैशाख १७ : जलाइँदा वा जल्दा समयमै उपचार नपाएर वर्षेनी दुई हजारभन्दा बढीले ज्यान गुमाउने गरेका छन्। यो क्रम वर्षेनी बढ्दै गएको पाइएको छ।

....
समयमा उपचार नपाउँदा जलेर वर्षेनी दुई हजारको मृत्यु
फाइल फोटो

काठमाडौं, वैशाख १७ : जलाइँदा वा जल्दा समयमै उपचार नपाएर वर्षेनी दुई हजारभन्दा बढीले ज्यान गुमाउने गरेका छन्। यो क्रम वर्षेनी बढ्दै गएको पाइएको छ।

आगो, तातोपानी, तेल तथा अन्य तरल पर्दाथले जलाइने तथा जल्ने क्रम बढेसँगै मृत्यु हुनेको संख्या बढ्दै गएको चिकित्सकले बताएका छन्। सरकारी तथ्यांकअनुसार, नेपालमा वर्षेनी ५५ हजारभन्दा बढी मानिस जल्ने गरेका छन्।

त्यसमध्ये दुई हजार एक सयभन्दा बढीको ज्यानै जाने गरेको तथ्यांक छ। काठमाडौंको कीर्तिपुर अस्पतालअन्तर्गतको नेपाल क्लाफ्ट एन्ड बर्न सेन्टरमा जलेका बिरामीको उपचार हुन्छ।

Hardik ivf

यो सेन्टरमा मात्रै गत पाँच वर्षमा एक हजार सात सय ६० जना जलेका बिरामी उपचार गर्न आएका छन्। जलेर अस्पतालमा आउने अधिकांश महिला र बालबालिका रहेको अस्पतालले जनाएको छ।

अस्पतालमा उपचारका लागि आएकामध्ये एक हजार सात सय ६० मध्ये तीन सय ५७ जनाको मृत्यु भएको कीर्तिपुर अस्पतालकी बर्न अवार्नेस अधिकृत पद्मशोभा महर्जनले बताइन्।

बर्न सेन्टरका अनुसार, सन् २०१४ मा जलेर आएका ९० जनामध्ये १९, २०१५ मा एक सय ९४ मध्ये ४०, २०१६ मा तीन सय ७३ मध्ये ७० जनाले ज्यान गुमाएका छन्। त्यस्तै, २०१७ मा चार सय ९५ मध्ये ९७ र २०१८ मा ६ सय आठमध्ये एक सय ३१ जनाले ज्यान गुमाएका छन्।

समयमा उपचारका लागि नल्याउँदा ज्यान बिरामीको जाने गरेको चिकित्सकले बताएका छन्। उनीहरूका अनुसार, देशका विभिन्न भागबाट कीर्तिपुर अस्पताल पु¥याउँदा ढिलो भइसकेको हुन्छ।

जलेका बिरामीको कीर्तिपुर अस्पतालमा रहेको नेपाल क्लाफ्ट एन्ड बर्न सेन्टरमा उपचार हुन्छ। यो सुविधा देशका अन्य स्थानमा छैन्। जसले गर्दा देशभरका जलेका गम्भीर बिरामी कीर्तिपुर ल्याउने गरिएको छ।

देशभरबाट कीर्तिपुर ल्याउँदा समय घर्किसकेको हुन्छ । जसले गर्दा धेरैको उपचारका क्रममै मृत्यु हुने गरेको कीर्तिपुर अस्पतालकी बर्न अवार्नेस अधिकृत महर्जनले बताइन्। ‘ढिलो गरी अस्पताल ल्याउँदा धेरैको ज्यान जोगाउँन कठिन हुने गरेको छ,’ महर्जनले भनिन्।

प्रकाशित मिति: १०:४६ बजे, मंगलबार, वैशाख १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्