Kathmandu Press

महानिरीक्षक शैलेन्द्रको कानैमा ढुंग्री सार्वजनिक 

काठमाडौं, वैशाख १६ : गीतकार एवं शशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र शरद (खनाल) को कानैमा ढुंग्रीको म्युजिक भिडियो सार्वजनिक भएको छ।
 ....

महानिरीक्षक शैलेन्द्रको कानैमा ढुंग्री सार्वजनिक 
Hardik ivf

काठमाडौं, वैशाख १६ : गीतकार एवं शशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र शरद (खनाल) को कानैमा ढुंग्रीको म्युजिक भिडियो सार्वजनिक भएको छ।
 
स्मिता दाहालद्वारा स्वरबद्ध यो गीत ‘शरद २’ एल्बममा समावेश छ। गीतमा गैरे सुरेशको संगीत रहेको छ भने संगीत संयोजन मनोज पौडेलले गरेका छन्। गीतको भिडियोमा कविता नेपाली र सञ्जय पोखरेलले खेलेका छन्। प्रशान्त तामाङको कोरियोग्राफी रहेको भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन्।

यसअघि ‘शरद २’ एल्बममै समावेश ‘यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीत सार्वजनिक भैसकेको छ। एल्बममा  ७ वटा गीत समावेश रहेको सङ्गीतकार गैरे सुरेशले बताए।  शैलेन्द्र खनाल (शरद) सशस्त्र प्रहरी बलका महानिरीक्षक पनि हुन् । संगीतकार गैरे पनि सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक हुन् ।

प्रकाशित मिति: २०:२१ बजे, सोमबार, वैशाख १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्