Kathmandu Press

सुदूरपश्चिम विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता

कञ्चनपुर, कात्तिक १ : सुदूरपश्चिम विश्वविद्यालयको भीमदत्त नगरपालिका-१५ निम्बुखेडा स्थित अतिक्रमणको चपेटमा परेको जग्गा फिर्ता भएको छ। सुकुम्बासी बस्दै आएको विश्वविद्यालयको जग्गा फिर्ता भएको...
सुदूरपश्चिम विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता
फाइल तस्वीर।

कञ्चनपुर, कात्तिक १ : सुदूरपश्चिम विश्वविद्यालयको भीमदत्त नगरपालिका-१५ निम्बुखेडा स्थित अतिक्रमणको चपेटमा परेको जग्गा फिर्ता भएको छ। सुकुम्बासी बस्दै आएको विश्वविद्यालयको जग्गा फिर्ता भएको हो। 

विश्व विद्यालयको जग्गामा डेढ दशकदेखि बस्दै आएका ४२ परिवारले सात विगाह जग्गा फिर्ता गरेका छन्। विसं २०६९ सालमा तत्कालीन महेन्द्रनगर विकास समितिले विश्वविद्यालयलाई उक्त जग्गाको स्वामित्व दिएको थियो।  वास्तविक सुकुम्बासीको लगत सङ्कलन गर्ने, बसोबासका लागि पहल गर्ने, वैकल्पीक व्यवस्थापनका लागि सम्बन्धित निकायमा पहल गर्ने, जमिन भोगचलन गर्दै आएका मजदुरको आयआर्जनका लागि विभिन्न सीपमूलक, आयमूलक रोजगारीका कार्यक्रम सञ्चालन गर्ने लगायतका भीमदत्त नगरपालिका, विश्वविद्यालय र मजदुरबीच सहमति भएपछि जग्गा फिर्ता गराइएको बताइएको छ।

Hardik ivf

गहुँ खेतीका लागि विश्वविद्यालयको जग्गामा बस्दै आएका प्रति परिवारलाई सात हजार पाँच सय रूपैयाँ रकम उपलब्ध गराउने सहमति समेत भएको छ। सुकुम्बासी अगुवा पार्वती दुलालले विश्वविद्यालयको जग्गामा बस्दै आएका परिवारको जीविकोपार्जन र बसोवासको व्यवस्था मिलाउने सहमतिपछि जग्गा छाडिएको बताइन्। 

विश्वविद्यालयको विकासका लागि सबैको सहयोग रहेको उनले बताए। “घरबार विहीन परिवारको उचित पुर्नस्थापनको कार्य समेत गरिनु पर्छ”, उनले भने। भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भने,'सुकुम्बासी, भूमिहीन परिवारले विश्वविद्यालयको जग्गाको संरक्षण नगरेको भए भू-माफियाहरुले कब्जा गरिसक्थे। जग्गा फिर्ता गरेकोमा तपाईहरु धन्यवादका पात्र हुनुहुन्छ।” रासस

प्रकाशित मिति: १७:०८ बजे, शनिबार, कात्तिक १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्