Kathmandu Press

महालक्ष्मी नगरपालिकाले गर्‍यो अत्यावश्यक बाहेकका सेवा बन्द

ललितपुर, असोज ३० : कोरोना संक्रमित थपिँदै गएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ। नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम...
महालक्ष्मी नगरपालिकाले गर्‍यो अत्यावश्यक बाहेकका सेवा बन्द

ललितपुर, असोज ३० : कोरोना संक्रमित थपिँदै गएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ।
 
नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले शुक्रबार जारी गरेको सूचनामा नगरपालिकामा आगामी कात्तिक २ गतेदेखि ६ गतेसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको उल्लेख छ।
 
महालक्ष्मीमा कोरोना संक्रमितको संख्या ६१६ पुगेको छ। 

प्रकाशित मिति: ०२:०३ बजे, शनिबार, कात्तिक १, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्