Kathmandu Press

क्याप्टेनबाट निलम्बित लामा निगमको प्रवक्ताबाट हटाइए 

काठमाडौं, वैशाख १६ : नेपाल नागरिक उड्डयन प्राधिकरणको निलम्बनमा परेका क्याप्टेन विजय लामालाई नेपाल वायुसेवा निगमले प्रवक्ताबाट हटाएको छ।

हवाई....

क्याप्टेनबाट निलम्बित लामा निगमको प्रवक्ताबाट हटाइए 

काठमाडौं, वैशाख १६ : नेपाल नागरिक उड्डयन प्राधिकरणको निलम्बनमा परेका क्याप्टेन विजय लामालाई नेपाल वायुसेवा निगमले प्रवक्ताबाट हटाएको छ।

हवाई क्षेत्रको नियमक निकाय प्राधिकरणले स्पष्टिकरण सोधेर प्रवक्ताबाट नहटाएसम्म लामाको पाइलटको लाइसेन्स निलम्बन गर्ने निर्णय गरेको थियो। प्राधिकरणको निर्णयको पत्र नेपाल वायुसेवा निगमले प्राप्त गरेसँगै प्रवक्ताबाट हटाएको पत्र प्राधिकरणमा पठाइएको निगमका कार्यकारी अध्यक्ष मदन खरेलले जानकारी दिए।

Hardik ivf

प्राधिकरणको प्रवक्ताबाट हटाउन निर्देशनसहितको पत्र आएकाले प्रवक्ताबाट मुक्त गरिएको खरेलले बताए।

यता नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले प्रवक्ताबाट हटाएको पत्र प्राधिकरणले प्राप्त गर्ने वित्तिकै निलम्बन फकुवा हुने बताए। नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टिकरण सोधेर लामालाई  ग्राउन्डेड गरेको हो।  केही दिनअघि विवादस्पद अभिव्यक्ति दिएको भन्दै क्याप्टेन लामासँग स्पष्टिकरण सोधेको थियो।

लामाले एउटा अनलाइन कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणलाई आफ्नो इजाजतपत्र खारेज गर्न चुनौती दिएका थिए। सोही विषयलाई लिएर क्याप्टेन लामालाई प्राधिकरणको सुरक्षा विभागले ७ दिने स्पष्टिकरण सोधेको थियो। 

गत चैत १९ गते राति भएको निगमको दुबई उडान रद्दबारे पाइलट लामाले बोलेको विषयलाई लिएर स्पष्टिकरण सोधिएको थियो। लामा नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन हुन्। कार्यकारी अध्यक्षमा खरेल नियुक्त भएसँगै लामालाई निगमको प्रवक्ताको समेत जिम्मेवारी दिइएको थियो। 

प्रकाशित मिति: १७:३७ बजे, सोमबार, वैशाख १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्