Kathmandu Press

नेम्वाङले भने–सरकारसँग जनता निराश होइन, उत्साहित छन्

काठमाडौं, वैशाख १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दुई तिहाई बहुमतको सरकारबाट जनता उत्साहित रहेको ब....

नेम्वाङले भने–सरकारसँग जनता निराश होइन, उत्साहित छन्

काठमाडौं, वैशाख १६ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले दुई तिहाई बहुमतको सरकारबाट जनता उत्साहित रहेको बताएका छन्। 
  
सोमबार संसद्को चौथो अधिवेशनको सुरुमा बोल्दै नेम्वाङले सरकारसँग जनता निराश नभएर उत्साहित भएको बताएका हुन्। नेम्वाङ अघि सम्बोधन गरेका प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले जनता सरकारबाट निराश रहेको बताएका थिए। ‘जनता निराश छन् भन्नु कत्तिको उपयुक्त हुन्छ? कसले भन्नुभयो मैले त विर्सिए। कसैले भन्नु भएजस्तो लाग्छ,’ उनले भने,‘अब शीर ठाडो पारेर भन्न सक्नु पर्छ जनता निराश होइन जनता उत्साहित छन्, खुशी छन्।  

उनले वर्तमान सरकार निरंकुशतातर्फ बिर्सेर पनि जान नसक्ने बताए। उनले भने,‘हिजोअस्ति मात्रै होइन हामी निरन्तर निरंकुशताविरुद्ध लड्दै आएको बिर्सेका छैनौं होला। निरंकुशताविरुद्ध निरन्तर लडेका हामी कसरी निरंकुशतातिर जान सक्छौं होला? कोही पनि बिर्सेर त्यो बाटोमा अब जान सक्दैन।’ 

नेम्वाङले संविधानमा नै कोही पनि निरङ्कुश हुन नसक्ने व्यवस्था राखिएकाले त्यसलाई अब कसैले भाँच्न नसक्ने बताए।  उनले अब मुलुकमा अधिकारका लागि आन्दोलन गर्नु पर्ने आवश्यकता नरहेको बताए। ‘सतापक्ष, सरकारमात्रै होइन, प्रधानमन्त्री मात्रै होइन प्रतिपक्षी र सबै नेताहरु भन्दै हुनुहुन्छ। अब अधिकारका लागि आन्दोलन गर्नु पर्दैन। न राजनीतिक आन्दोलन गर्नु पर्नेछ,’उनले भने,‘अब हामी सबै दल सत्ता र प्रतिपक्षी नभनेर ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउन लाग्नु पर्छ।’

सार्थक प्रतिपक्षको भूमिका खेल्छौं भनेर प्रतिपक्षी दलका नेताले नै भनिसकेकाले अब आग्रह पूर्वाग्रहभन्दा माथि उठेर ‘समृद्ध नेपाल सुखी नेपाली’ व्यवहारमा प्राप्त गर्नेतर्फ अघि बढ्नु पर्ने बताए।
 

प्रकाशित मिति: १७:०३ बजे, सोमबार, वैशाख १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्