Kathmandu Press

धारिलो हतियार प्रहार गरी युवकको हत्या

झापा, असोज २८ : कनकाई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। झापाको सुरुङ्गा खोलास्थित बाँसघारीमा उनको...
धारिलो हतियार प्रहार गरी युवकको हत्या
Hardik ivf

झापा, असोज २८ : कनकाई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। 

झापाको सुरुङ्गा खोलास्थित बाँसघारीमा उनको शव फेला परेको हो। उनको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

घटनास्थलमा प्रहरी टोली खटाएर अनुसन्धान भइरहेको उनले बताए।

प्रकाशित मिति: ००:०३ बजे, बिहीबार, असोज २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्