Kathmandu Press

गाडिएको अवस्थमा महिलाको शव फेला

कञ्चनपुर, असोज २८ : शुक्लाफाँटा  नगरपालिका–८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा (गौडी) खोलाको डिलमा गाडेको अवस्थामा आज फेला परेको...
गाडिएको अवस्थमा महिलाको शव फेला
Hardik ivf

कञ्चनपुर, असोज २८ : शुक्लाफाँटा  नगरपालिका–८ नौखरी मुक्तकमैंया शिविरका अन्दाजी ३५ वर्षीया महिलाको शव सनवोरा (गौडी) खोलाको डिलमा गाडेको अवस्थामा आज फेला परेको छ। 

मंगलबार खोलामा माछा मार्न गएकी कलावती खुना घर नफर्केपछि स्थानीयवासी र परिवारका सदस्यले खोजतलास गर्दा खोलाको डिलमा रहेको बालुवामा गाडेको अवस्थामा शव फेला परेको वडा सदस्य लालाबहादुर महराले बताए।

महिलासँगै माछा मार्न गएका उनका देवर अन्दाजी वर्ष २६ का मानसिंह खुनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय झलारीबाट गएको प्रहरीको टोलीले घटनास्थललाई सिल गरी अनुसन्धान गरिरहेको छ। मृतक महिलाका श्रीमान् प्रकाश खुना महेन्द्रनगर बजारमा काम गर्दै आएका छन्।

प्रकाशित मिति: २०:११ बजे, बुधबार, असोज २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्