Kathmandu Press

बूढानीलकण्ठका नगर प्रमुख खरेल कोरोनामुक्त

बूढानीलकण्ठका नगर प्रमुख खरेल कोरोनामुक्त

काठमाडौं, असोज २८ : बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना संक्रमणबाट मुक्त भएका छन्।

नगर प्रमुख खरेलमा संक्रमण पुष्टि भएपछि सेल्फ होम आइशोलेशन बसेका थिए। संक्रमणको कुनै पनि लक्षण नदेखिएकै कारण पनि रोगबाट मुक्त हुन सफल भएको प्रमुख खरेलले बताए।

आफ्ना सवारी चालकलाई कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका खरेलमा समेत संक्रमण पुष्टि भएको थियो।  कोरोनामुक्त भएसँगै आजदेखि कार्यालयका काममा फर्किने उनले बताए।

प्रकाशित मिति: १७:४३ बजे, बुधबार, असोज २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्