Kathmandu Press

नेपाल बैंकको नाफा दुई अर्ब २४ करोड

काठमाडौं, वैशाख १६ : नेपाल बैंक लिमिटेडको नाफा ३४ प्रतिशतले बढेको छ। बैंकले नौ महिनामै दुई अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको हो।

बैंकको गत वर....

नेपाल बैंकको नाफा दुई अर्ब २४ करोड
फाइल फोटो

काठमाडौं, वैशाख १६ : नेपाल बैंक लिमिटेडको नाफा ३४ प्रतिशतले बढेको छ। बैंकले नौ महिनामै दुई अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको हो।

बैंकको गत वर्षभन्दा निक्षेप भने चार करोड ४६ लाख रुपैयाँ घटेको छ। तथापि, ऋण विस्तारका कारण बैंकले नाफा बढाएको हो।

बैंकले चैत मसान्तसम्म एक खर्ब पाँच अर्ब रुपैयाँ निक्षेप संकलन गरि ९१ अर्ब ३३ करोड रुपैयाँ ऋण लगानी गरेको छ। गत वर्षको यहि अवधिमा ९९ अर्ब ५४ करोड निक्षेप संकलन गरी ७८ अर्ब २९ करोड रुपैयाँ ऋण लगानी गरेको थियो।

गत आर्थिक वर्षको यहि अवधिको तुलनामा व्याज आम्दानी १५ प्रतिशतले सुधार गर्दा व्याज खर्च भने ४१ प्रतिशतले बढेको छ। व्याज खर्च अधिक हुँदा बैंकले खुद व्याज आम्दानी ३.७४ प्रतिशतले सुधार गर्दै चार अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेको छ।

नेपाल बैंकले एक वर्षको अवधिमा ६ प्रतिशतले निक्षेप सुधार गर्दा १६ प्रतिशतले कर्जा बढाएको छ। चुक्ता पूँजी २१ प्रतिशतले बढेर नौ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष ३४ प्रतिशतले बढेर २० अर्ब ६ करोड रुपैयाँ भएको छ।

आधार व्याजदर ०.१९ प्रतिशत बिन्दुले घटेर ६.९२ प्रतिशतमा झरेको छ। गत वर्षको तुलनामा प्रतिशेयर आम्दानी दुई रुपैयाँले सुधार गर्दै ३० रुपैयाँ पु¥याएको बैंकले सार्वजनिक गरेको वित्तिय विवरणमा उल्लेख छ।

प्रकाशित मिति: ११:३७ बजे, सोमबार, वैशाख १६, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्