Kathmandu Press

घुस लिएको अभियोगमा अख्तियार मुद्दा दायर

घुस लिएको अभियोगमा अख्तियार मुद्दा दायर

काठमाडौं, असोज २५ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

गुटखा तथा चिनी व्यवसायी अनिलकुमार झाबाट मासिक रुपमा घुस लेनदेन गर्ने गरेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले प्रमुख अनुसन्धान अधिकृत राना र व्यवसायी झालाई दुई लाख रूपैयाँ घुस लेनदेन भएको अभियोगमा पक्राउ गरेको थियो।

आयोगले आरोपीद्वय राना र झाविरुद्ध बिगोअनुसारको कारवाहीको माग गर्दै आज अदालतमा मुद्दा दायर गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।

प्रकाशित मिति: २३:०२ बजे, आइतबार, असोज २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्