रामपुर अस्पतालमा कार्यरत २८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि
पाल्पा, असोज २४ : पाल्पाको रामपुर अस्पतालमा कार्यरत २८ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।पाल्पा अस्पतालमा सञ्चालन गरिएको कोभिड-१९ प्रयोगशालामा गरिएको...पाल्पा, असोज २४ : पाल्पाको रामपुर अस्पतालमा कार्यरत २८ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पाल्पा अस्पतालमा सञ्चालन गरिएको कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा रामपुर अस्पतालमा कार्यरत २८ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो।
स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि रामपुर अस्पतालले आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ। अर्को सूचना जारी नगर्दासम्मका लागि अतिआवश्यकबाहेकका सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विजय परियारले जानकारी दिए।
रामपुर नगरपालिका एक हप्ताका लागि सिल
यसैबीच, रामपुरमा कोरोना संक्रमण देखिएपछि एक हप्तासम्मका लागि नगरपालिका सिल गरिने भएको छ।
रामपुर अस्पतालमा कार्यरत २८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि शनिबार राति १२ बजेदेखि असोज ३० गते राति १२ बजेसम्मका लागि नगरपालिकामा आवतजावत, व्यापार, व्यवसाय, उद्योग कलकारखाना, सवारी साधन सञ्चालनमा रोक लगाइएको नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए।