Kathmandu Press

अर्बपति विनोद चाैधरीले भने-मुलुक बनाउन अब राजनीतिमा थप सक्रिय हुन्छु

काठमाडौं, वैशाख १५ : नेपाली कांग्रेसका नेता एवं सांसद विनोदकुमार चौधरीले समृद्ध नेपाल निर्माणका लागि आफू राजनीतिमा होमिएको बताएका छन्।

....

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन केन्द्रीय विभागले आइतबार आयोजना गरेको अन्तर्क्रियामा सांसद चौधरीले राजनीतिको प्राथमिकता फेरिँदै गएकाले राजनीतिबाटै समृद्ध नेपाल बनाउन आफू सक्रिय रहेको बताए। चौधरीले अब बृहत्तर जनताको हितका लागि आफू राजनीतिमा सक्रिय हुने बताए। 

‘कुनै पनि देशको विकासका लागि राजनीति सही दिशामा चल्नुपर्छ। सबै कुरा ठीकठाक भएपनि राजनीति बिग्रियो भने देश बन्दैन। त्यसैले राजनीतिलाई जनता र समृद्धिसंग जोड्ने संकल्प मैले लिएको छु,’चौधरीले भने।

विद्यार्थीहरुले सोधेको राजनीतिमा आएर विवादित भएजस्तो लाग्दैन? भन्ने प्रश्नको जवाफ दिँदै सांसद चौधरीले अन्य क्षेत्रबाट गरिने परिवर्तनको सीमा हुने तर राजनीतिबाट बृहत्तर जनताको पक्षमा काम गर्न सकिने भएकाले आफू राजनीतिमा लागेको बताए।

उनले  युवाहरुको उद्यमशीलता र सिर्जनाशीलताबाट नै समृद्ध नेपाल सम्भव रहेको भन्दै राजनीतिले युवाहरुलाई अवसर दिनुपर्ने बताए।

प्रकाशित मिति: १७:५७ बजे, आइतबार, वैशाख १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्