Kathmandu Press

दाङमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि

दाङमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि

घोराही, असोज २३ : दाङमा थप ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ। थपिएका नयाँ संक्रमितमध्ये ५१ जना पुरुष र १४ जना महिला रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या  एक लाख ६ सय ७६ पुगेको छ। संक्रमितमध्ये ७३ हजार २३ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६०० जनाको मृत्यु भएको छ।  

प्रवक्ता गौतमका अनुसार शुक्रबार कोरोनालाई जितेर  १६८०  जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: ००:३८ बजे, शनिबार, असोज २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्