Kathmandu Press

नारायणी नदीमा गैंडा मृत फेला

चितवन, असोज २२ : नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा...
नारायणी नदीमा गैंडा मृत फेला

चितवन, असोज २२ : नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो।

डुङ्गा गस्ती टोलीले बुधबार अपराह्न अन्दाजी १५ वर्षीय गैंडा मृत अवस्थामा फेला पारेको उनले बताए। निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थमा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको रामले बताए। पछिल्लो एक सातामा चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा मृत भेटिएका छन्। यो आर्थिक वर्षमा ८ वटा गैंडा मृत भेटिएका छन्।

प्रकाशित मिति: १७:३१ बजे, बिहीबार, असोज २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्