चितवनमा एउटै किसानका पाँच हजार कुखुरा मरे
भरतपुर, असोज २० : कुखुरामा एच नाइन (९) भाइरस देखिएपछि यहाँका किसानले पालेका कुखुरा धमाधम मर्न थालेका छन्। भरतपुर महानगरपालिका–६ केशरबागका किसान खेमराज...भरतपुर, असोज २० : कुखुरामा एच नाइन (९) भाइरस देखिएपछि यहाँका किसानले पालेका कुखुरा धमाधम मर्न थालेका छन्। भरतपुर महानगरपालिका–६ केशरबागका किसान खेमराज पाठकले पालेको पाँच हजारभन्दा बढी लेयर्स कुखुरा मरेका हुन्। ती मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ।
केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा एच नाइन (९) भाइरस पुष्टि भएपछि मरेका कुखुरालाई गाड्ने काम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा दयाराम चापाईले जानकारी दिए। ‘काठमाडौँमा परीक्षण गर्दा एच ९ देखियो, बर्ड फ्लु नदेखिएकाले मरेका कुखुरालाई व्यवस्थापन मात्रै गरेका छौँ, नयाँलाई मारेका छैनौँ,’ डा चापागाईंले भने।
प्रकाशित मिति: २३:५१ बजे, मंगलबार, असोज २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१