Kathmandu Press

झापाका ८२ वर्षीय बृद्धको विराटनगरमा कोरोनाबाट मृत्यु

झापा, असोज १९ : कोरोना भाइरसको संक्रमणबाट झापाका एक बृद्धको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ।झापाको विर्तामोड नगरपालिका–५ मा ८२ वर्षीय वृद्धको विराटनगरस्थित...
झापाका ८२ वर्षीय बृद्धको विराटनगरमा कोरोनाबाट मृत्यु

झापा, असोज १९ : कोरोना भाइरसको संक्रमणबाट झापाका एक बृद्धको विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ।

झापाको विर्तामोड नगरपालिका–५ मा ८२ वर्षीय वृद्धको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो। अस्पताल भर्नापछि गरिएको कोरोना परीक्षणमा पोजिटिभ देखिएको थियो। उनको आइतबार बेलुकी ५ बजे मृत्यु भएको हो।

उनी दमबाट पीडित थिए। स्वास्थ्यमा समस्या देखिएपछि चार दिनअघि विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा भर्ना भएका थिए। त्यहाँ उपचार सम्भव नभएपछि विराटनगर रिफर गरिएको थियो।

 

प्रकाशित मिति: १९:३७ बजे, सोमबार, असोज १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्