Kathmandu Press

विद्यालय पुग्न दुई घण्टा हिँड्नुपर्ने बाध्यता

हुम्ला, वैशाख १४ : हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मा रहेको चिसामूल गाउँका बालबालिकालाई विद्यालय पुग्न समस्या भएको छ। 

खार्पुनाथ ....

विद्यालय पुग्न दुई घण्टा हिँड्नुपर्ने बाध्यता
सांकेतिक तस्वीर

हुम्ला, वैशाख १४ : हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मा रहेको चिसामूल गाउँका बालबालिकालाई विद्यालय पुग्न समस्या भएको छ। 

खार्पुनाथ गाउँपालिका-१ चिसामूल गाउँका १५ घरधुरीका २५ पाँचदेखि सात वर्षसम्मका बालबालिकाका लागि वाल विकास केन्द्र नहुँदा उनीहरू दुई घण्टासम्म हिँडेर अध्यानका लागि जाने गरेको स्थानयीवासी टसी विष्टले जानकारी दिए।  

अध्ययनका लागि गाउँमा उक्त केन्द्र नहुँदा वडा नं २ दुईमा रहेको गोक्पा गाउँकोे भानुभक्त आधारभूत विद्यालय पुग्न  बिहान ७ बजे नै घरबाट निस्कने गरेको उनको भनाइ थियो। भिरको बाटो भएर विद्यालय जानुपर्ने भएकाले हावाहुरी र वर्षाको समयमा बालवालिकालाई विद्यालय पठाउन समस्या पर्दै आएको विष्टले जानकारी दिए। 

प्रकाशित मिति: १५:१९ बजे, शनिबार, वैशाख १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्