मोटरसाइकलले ठक्कर दिँदा सशस्त्रका असईको मृत्यु
विराटनगर, असोज १८ : कोशी राजमार्गअन्तर्गत बूढीगंगा १ टंकीसिनवारीमा मोटरसाइकलले ठक्कर दिँदा सशस्त्र प्रहरीका एक जना असईको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार...
विराटनगर, असोज १८ : कोशी राजमार्गअन्तर्गत बूढीगंगा १ टंकीसिनवारीमा मोटरसाइकलले ठक्कर दिँदा सशस्त्र प्रहरीका एक जना असईको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मोरङको बूढीगंगा गाउँपालिका–१ का सशस्त्र प्रहरीका असई ४२ वर्षीय कमलप्रसाद तावाहाङको दुर्घटनामा मृत्यु भएको हो। पाँचथरमा कार्यरत उनी केही दिनदेखि घर विदामा थिए।
पैदल हिडिरहेका उनलाई लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उनको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०:२२ बजे, आइतबार, असोज १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












