डोजर प्रयोगले रानीपोखरीको मौलिकता मासिने चिन्ता
काठमाडौं, वैशाख १४ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नै प्रतिबद्धता विपरीत रानीपोखरी पुनर्निर्माणमा डोजर प्रयोग गरिरहेको छ।
डोजर....
काठमाडौं, वैशाख १४ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नै प्रतिबद्धता विपरीत रानीपोखरी पुनर्निर्माणमा डोजर प्रयोग गरिरहेको छ।
डोजर प्रयोगले रानीपोखरीको मौलिकता मासिने भन्दै सम्पदा संरक्षण अभियन्ताहरूले चिन्ता प्रकट गरेका छन्।
२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले भत्काएको मल्लकालीन सम्पदा रानीपोखरीको पुनर्निर्माण विवादका कारण ढिलाई भएको थियो। काठमाडौं महानगरपालिकाले रानीपोखरीको पुनर्निर्माणमा कंक्रिट प्रयोग गरेकोमा स्थानीय वासिन्दाहरूले बिरोध जनाएका थिए। पुरात्तत्व विभागले पनि पुरानै शैलीमा रानीपोखरी बनाउन काठमाडौं महानगरपालिकालाई निर्देशन दिएको थियो।
लामो विवादपछि गत माघमा सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मा पुनर्निर्माण प्राधिकरणलाई दिएको थियो। त्यसबेला पुनर्निर्माण प्राधिकरणले डोजरलगायतका आधुनिक उपकरण र शैली प्रयोग नगरी रानीपोखरी बनाउने प्रतिबद्धता गरेको थियो।
‘सम्पदा पुनर्निर्माणमा संवेदनशील हुन आवश्यक छ। कतिपय अवशेषहरू जमिनमुनि हुन सक्छन्। डोजर लगाउँदा ती अवशेषहरू नष्ट हुनसक्छ। यसैले, रानीपोखरीमा डोजरको प्रयोग तत्काल बन्द हुनुपर्छ।’
प्राधिकरणका कार्यकारी सदस्य तथा रानी पोखरी पुनर्निर्माण सहजिकरण समितिका संयोजक चन्द्र श्रेष्ठका अनुसार, हातैले पोखरी सम्याउँदा समय लाग्ने भएकाले डोजर प्रयोग गर्नुपरेको हो। उनी भन्छन्, ‘पुनर्निर्माण समयमै सम्पन्न गर्नुपर्छ। हामीसँग धेरै समय छैन । यसैले डोजर प्रयोग गरिएको हो।’
याे पनि
भूकम्पले भत्काएको चार वर्षपछि यसरी बन्दैछ रानीपोखरी
तर, सम्पदा संरक्षण अभियन्ताहरू छिटो सक्ने बहानामा डोजर प्रयोग गरिँदा झण्डै साढे ३ सय वर्षअघि बनेको मल्लकालीन रानीपोखरीको मौलिकता नाश हुने बताउँछन्।
सम्पदा बचाऊ अभियान संघर्ष समितिका अध्यक्ष गणपतिलाल श्रेष्ठ भन्छन्, ‘सम्पदा पुनर्निर्माणमा संवेदनशील हुन आवश्यक छ। कतिपय अवशेषहरू जमिनमुनि हुन सक्छन्। डोजर लगाउँदा ती अवशेषहरू नष्ट हुनसक्छ। यसैले, रानीपोखरीमा डोजरको प्रयोग तत्काल बन्द हुनुपर्छ।’
श्रेष्ठ भन्छन्, ‘प्राधिकरणले रानीपोखरीको मौलिकता जोगिने गरी पुनर्निर्माण गर्ने भनेको थियो। एउटा सम्झौता गर्ने र अर्को काम गर्ने? काठमाडौं महानगरपालिकाकै गल्ती प्राधिकरणले नगरोस्।’
रानीपोखरी पुनर्निर्माणमा डोजर प्रयोग भइरहेको देखेपछि अभियन्ताहरूले प्राधिकरण र अन्य सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन्। ‘हाम्रो चासो सम्बोधन भएन भने फेरि आन्दोलन गर्छौँ,’ उनले भने।
प्रतिबद्धताविपरीत डोजर चलाउनु आपत्तिजनक रहेको सम्पदा अभियन्ता आलोकसिद्धि तुलाधर बताउँछन्।
तुलाधर भन्छन्, ‘सम्पदा पुनर्निर्माण हतारमा हुनु हुँदैन। ढिलै होस् तर राम्रै हुनुपर्छ। यस विषयमा प्राधिकरणले जनतालाई बुझाउनुपर्छ।’
राजा प्रताप मल्लले १०८ तीर्थबाट ल्याइएको जल राखेर निर्माण गरेको रानीपोखरीको छुट्टै धार्मिक एवं साँस्कृतिक महत्व छ। तुलाधर भन्छन्, ‘राजा प्रताप मल्लले तान्त्रिक एवं धार्मिक विधि अपनाएर बनाएको सम्पदालाई डोजर लगाएर भत्काउँदा के होला?’